गठबन्धनको भागबन्डा : कुन पार्टीको भागमा कुन महानगर र उपमहानगर ?

  • कालिका खवर
  • बुधबार, बैशाख ७, २०७९
  • काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि महानगर र उपमहानगरको भागबन्डा टुंग्याएको छ ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाएको हो । पाँच दलीय गठबन्धनका मुख्य चार दललाई भाग पुग्ने गरी महानगर र उपमहानगरको विभाजन गरिएको छ ।

    सरकारका प्रवक्ता समेत रहेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार तीन महानगर कांग्रेस र बाँकीलाई एक-एक सिट दिने सहमति भएको छ । ११ उपमहानगरमाध्ये कांग्रेसलाई सात, माओवादी केन्द्रलाई दुई, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई एक-एकमा सिट दिने सहमति भएको छ ।

    सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपको मेयरमा साझा उम्मेदवार दिनेछ । त्यस्तै कांग्रेसले वीरगंज, भरतपुर र पोखरा महानगरमा उपमेयरमा उम्मेदवारी दिनेछ ।

    उपमहानगरतर्फ कांग्रेसलाई धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढीको मेयर दिने सहमति भएको छ । जितपुर सिमारा, घोराही र हेटौँडा उपमहानगरमा भने कांग्रेसले उपमेयरमा साझा उम्मेदवारी दिने छ ।

    माओवादी केन्द्रले भरतपुर महानगरको प्रमुख र ललितपुर महानगरको उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ ।

    उपमहानगरमा माओवादी केन्द्रले जितपुर सिमरा र घोराहीको मेयरमा उम्मेदरवारी दिनेछ । त्यस्तै माओवादी केन्द्रले धरान र धनगढी उपमहानगरको उपमेयरमा उम्मेरदवारी दिने समहति भएको छ ।

    नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर दिने सहमति भएको छ ।
    त्यस्तै एकीकृत समाजवादीले हटौँडा उपमहानगरको मेयरमा उम्मेरदवारी दिनेछ भने इटाहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ ।

    जसपालाई वीरगंञ महानगरको मेयर र विराटनगर महानगरको उपमेयर दिने सहमति भएको छ । जसपाले जनकपुर उपमहानगरको मेयर पाएको छ भने कलैया र नेपालगञ्ज उपमहानगरको उपमेयरमा उम्मेरदवारी दिने सहमति पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs