आमाको वार्षिक पुण्यतिथीमा पानी वितरण

  • कालिका खवर
  • बुधबार, बैशाख ७, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले आफ्नी स्वर्गिय आमा चिसकुमारी गुरुङको दोश्रो वार्षिक पुण्यतिथिमा पानी वितरण गर्नु भएको छ ।
    स्वर्गिय आमाको मृतआत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको सामाखुशी स्थित संगम टोलका स्थानीयहरुलाई करीब ३५ हजार लिटर पानी वितरण गर्नु भएको हो । संस्कार समाज नेपालकी मुख्य अभियन्तासमेत रहनु भएकी गुरुङले विगत चार वर्षदेखि निरन्तर सामाजिक कार्य गर्दै आईरहनु भएको छ । पानीको हाहाकार भएको यो समयमा पानी वितरण गरेर धेरै प्रशंसनीय कार्य गर्नु भएको स्थानीयहरुले बताएका छन् । एउटी छोरीले आफ्नी स्वर्गिय आमालाई सम्झिने यो शैलीको स्थानीयहरुले खुलेर प्रशंसासमेत गरेका थिए ।
    स्मरण रहोस् समाजसेवी गुरुङले आफ्नी आमाको नाममा संस्कार समाज नेपालले संचालन गर्ने गरी रु. ५ लाखको अक्षयकोष स्थापना गर्नु भएको छ भने हरेक वर्ष आमाको वार्षिक पुण्य तिथिमा सामाजिक कार्य गर्दै आइरहनु भएको छ । आफ्ना पितृहरुलाई सम्झिने यो शैली अनुकरणीय र उदाहरणीय रहेको संगम टोल निवासी समाजसेवी मनि लामाले बताउनु भएको छ । लामाले भन्नु भयो ‘पशुपति गुरुङले गरेको यो कार्य साच्चै अनुशरणयोग्य छ । यसरी आफ्ना पितृहरुको नाममा सामाजिक तथा रचनात्मक कार्य हरेक सन्तानले गर्ने हो भने यसले समाजलाई ठूलो सेवा मिल्दछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs