काठमाडौंको मेयरमा एमालेबाट स्थापित सर्वसम्मत उमेदवार

  • कालिका खवर
  • बिहिबार, बैशाख ८, २०७९
  • काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट पुर्व मेयर केशव स्थापित उठ्ने भएका छ्न । २०४९ म उपमेयर हारेका स्थापित २०५४ को स्थापित मेयर हुन । २०७४ को प्रदेशसभा संसद तथा बागमती प्रदेशको भौतिक पुर्वाध्कर बिकास मन्त्री भैसकेका उनलाई भिजनेबल नेताको रुपमा लिइन्छ । जिल्लाले महानगरको मेयरमा तीन जनाको नाम सिफारिस गरेपनी स्थापित नै सर्वसम्मत जस्तै भएको एमालेका एक नेताले जनाए । एमाले महानगरले ५ जनाको नाम सिफारिस गरेकोमा जिल्ला कमिटीले ३ जनाको नाम मात्रै प्रदेशमा पठाएको हो ।

    महानगरमा नयाँ अनुहारका रुपमा इन्दिरा पन्तको नाम सिफारिस भएको छ । एमाले नयाँ अनुहारलाई पनि उच्च स्थान दिने बताउँदै आएको छ। पन्तसँगै वर्तमान मेयर विद्यासुन्दर शाक्यको नाम पनि सिफारिस भएको छ । केपि ओलि अध्यक्ष हुदा युवा संघका महासचिव भएका स्थापित केपि ओलिका विस्वाश पात्र तथा आत्मिय साथी समेत हुन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs