मेयर सरावगीले भ्रष्टाचार गरेर ५० कराेड रूपैया फिक्स्ड डिपोजिट गरेका छन् :- सांसद यादव

  • कालिका खवर
  • शुक्रबार, बैशाख ९, २०७९
  • काठमाडौं – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले दुई वर्षको अवधिमा भ्रष्टचार गरेर कमाएको ५० करोड रुपैयाँ फिक्स्ड डिपोजिट (एफडी) गरेको आरोप लागेको छ ।

    पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद् प्रदीप यादवले सरवागीले दुई वर्षको अवधिमा महानगरपालिका भित्र सञ्चालित विभिन्न योजनाहरु मार्फत भ्रष्टाचारी गरेर कमाएको ५० करोड रुपैयाँ एफडी गरेको आरोप लगाएका हुन् ।

    सांसद् यादवका अनुसार मेयर सरावगीले महानगरपालिकाको प्रत्येक फाँटबाट १० प्रतिसतसम्म कमिसनसमेत लिने गरेका छन् । “कर्मचारीहरुसँगको मिलोमत्तोमा मेयर सरावगीले महानगरपालिकामा रहेका हरेक फाँटबाट १० प्रतिसतसम्म कमिसन लिन्छन,” वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्तामा गएराति आयोजित रात्रीसभामा बोल्दै सांसद् यादवले भने, “त्यहीबाट आएको पैसाबाट उनले कुमारी बैंकमा ५० करोडको एफडी गरेका छन्, र पाँच वर्षको अवधिमा भ्रष्टचार मार्फत अर्वों रुपैयाँ कमाएका छन् ।”

    जनताको सेवाको लागि राजनीतिमा आएको छु भनेर आफूसँग टिकट लिएर जितेका मेयर सरावगीले जितेपछि जनताको सेवाभन्दा पनि आफ्ना आसेपासको सेवा मात्र गरेको पनि सांसद् यादवले आरोप लगाए । “हामीसँग मेयरको टिकट माग्न आउँदा घण्टामा २५ हजार रुपैयाँ कमाउँछु, मेयर बनेर मलाई पैसा कमाउनु छैन । जितेर म जनताको सेवा गर्न चाहन्छु भन्थे । तर जितेपछि उनले घण्टाको ५० हजार कमाउन थाले र जनताको सेवा गर्नुभन्दा पनि आफ्नो आसेपासे र अन्य जिल्लाका मान्छेको सेवा गररे पाँच वर्ष बिताए,” यादवले भने ।

    त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) बाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले आफू निर्वाचित भएर आए पछि जनतासँग झुट बोलेर ठग्ने काम नगर्ने बताए । “झुठो कसम खाएर ठूलोठूलो कुरा गर्छु भन्दिन म । जे भन्छु त्यो गरेर देखाउँछु । यदी मैले भनेको कुरा गर्न सकिन भने पाँच वर्षपछि तपाईहरुलाई मुख पनि देखाउँदिन,” सिंहले भने ।

    उनले आसन्न चुनाव मार्फत जनताले पाँच वर्षको लागि आफ्नो प्रतिनिधि छान्ने अवसर मिलेकोले सही व्यक्तिलाई मात्र मत दिन आग्रह गरे । गैरराजीनितिक पृष्ठभूमिबाट आएर राजनीतिलाई व्यापार बनाउनेहरुसँग सावधान रहन उनले आग्रहसमेत गरे ।

    स्थानीय नेता गयासुदीन मियाँको सभापतित्वमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, प्रदेशसभा सदस्य करिमा बेगम, जसपाका नेता मुकेशद्विवेदीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs