
वीरगञ्ज – हार निश्चित भएपछि वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगीले मतदातालाई लोभ्याउन छोटो हर्कत सुरु गरेका छन् ।
पाँच वर्षको आफ्नो कार्यकालमा विकास निर्माणको कुनैपनि काम गर्न नसकी पूर्ण रुपले असफल भएका सरावगीले अब मतदातालाई रिझाउन बालबालिका र एसिड पिडितको सहयोग लिन थालेका छन् ।
वीरगञ्जका बासिन्दाले तिरेको करबाट उठेको पैसा बाँडेर प्रचारबाजी गरिरहने सरावगीले एसिड पिडित मुस्कान खातुनलाई उपचार गराउन महानगरको कोषबाट दिएको पैसाको भिडियो बनाउनु लगाएर प्रचारबाजी गरेका हुन् ।
घरदैलोमा जाँदा मतदाताले उनलाई कुनैपनि हालतमा भोट नहाल्ने भनेपछि चिन्तित बनेका सरावगीले छोटो हर्कत सुरु गरेको स्रोतको भनाई छ । पैसा बाँडेर मतदातालाई खरिद गर्न खोज्दासमेत मतदाताले उनको पैसा लिन मानिरहेका छैनन् ।
महानगरको मेयरका रुपमा उनले एडित पिडितलाई सहयोग गरेर निर्वाह गरेको आफ्नो पदीय दायित्वलाई चुनावी प्रचार प्रसारको रुपमा प्रयोग गर्दा स्थानीय त्यसलाई छोटो हर्कतको संज्ञा दिएका छन् ।
बालबालिका र एडित पिडितलाई प्रयोग गरेर मतदातालाई प्रभावित पार्नु लज्जास्पद कुरा भएको स्थानीयले बताएका छन् ।
गत निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टी (हाल जसपा) बाट निर्वाचित सरावगीलाई जसपाले निकाल्ने तयारी गरिरहेको बेला उनले पार्टी परित्याग गरेको ढोंग गरेका थिए । सुरुमा कांग्रेस जान खोजेका सरावगीलाई पर्साका कांग्रेसीहरुले लत्याएपछि पर्सामा खासै जनआधार नभएको नेकपा एमालेबाट उनले यस पटक मेयरमा दावेदारी गरेका छन् ।