मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डा. डिम्पल कुमारी झाको निधन

  • कालिका खवर
  • आइतवार, बैशाख ११, २०७९
  • काठमाडौं – लामो समयदेखि बोन क्यान्सर रोगसँग लडिरहेकी पूर्वमन्त्री डिम्पल झाको निधन भएको छ ।

    संघीयता स्थापन पश्चात गठित प्रथम मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात राज्यमन्त्रीसमेत रहेकी झाको आज बिहान निधन भएको हो ।

    झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवम् पूर्वमन्त्री अनिल झाकी पत्नी समेत रहेकी ४३ वर्षिया झाको काठमाडौँस्थित निजि निवासमा निधन भएको जनाईएको छ ।उनि पछिल्लो डेढ वर्षदेखि बोन क्यान्सर रोगबाट ग्रस्त थिइन् ।

    तत्कालिन राजपाबाट समानुपातिक तर्फकी प्रदेशसभा सदस्य झाको आइतवार नै दिउँसो गृह जिल्ला रौतहटको मत्सरी गाँउमा दाहसंस्कार गरिने जनाईएको छ । भर्खरै मात्रै झाले गृह जिल्लामा गजेन्द्रनारायण सिंह स्मृति अस्पताल बनाउन सफल भएकी छिन् । अस्पतालको उद्घाटनमा बोल्दै झाले आफ्नो एउटा ठूलो सपना पूरा भएको बताएकी थिइन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs