काठमाडौं, ललितपुर र विराटनगरको उम्मेदवार छान्दै कांग्रेस

  • कालिका खवर
  • आइतवार, बैशाख ११, २०७९
  • काठमाडौं । पार्टी कार्यालय सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । कांग्रेसको भागमा परेको तीन महानगरको प्रमुख पदको उम्मेदवार चयन कांग्रेस बैठकको मुख्य एजेण्डा रहेको छ ।

    मनोनयन दर्ताका लागि तोकिएको पहिलो दिनको समय बितिसक्न लाग्दा सुरु भएको बैठकलाई जसरी पनि उम्मेदवारको नाम टुंगो लगाउनुपर्ने बाध्यात्मक दवाव रहेको छ ।

    निर्वाचन आयोगले बैशाख ११ र १२ गते गरी दुई दिन मात्र मनोनयनको समय तोकेको छ । त्यसैले आजको बैठकले उम्मेदवारको नाम टुंगो नलगाए मनोनयनका लागि भोली कांग्रेसलाई सकस पर्नेछ । कांग्रेसका कारण गठबन्धनमा आवद्ध अन्य दललाई समेत समस्या हुनेछ ।

    गठबन्धनमा आवद्ध अन्य दलले भागमा परेका महानगरमा उम्मेदवार छनोट गरिसके पनि काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख पाएको कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs