राप्रपाबाट वीरगञ्ज महानगरमा गिरीश र विना लड्ने

  • कालिका खवर
  • आइतवार, बैशाख ११, २०७९
  • वीरगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज महानगरको मेयरमा पत्रकार गिरिश गिरी र उपमेयरमा विना जयसवाललाई उठाउने भएको छ ।

    राप्रपाको शनिबार बसेको बैठकले वीरगञ्ज महानगरको मेयरमा गिरिश र उपमेयरमा जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    सोही निर्णयका अनुसार आज वीरगञ्जको रानीघाटस्थित राप्रपाको पार्टी कार्यालयमा गिरिश र जयसवाललाई पार्टीका जिल्ला अध्यक्ष अंगत ठाकुरलगायतका नेताहरुले गिरिशलाई स्वागत गर्दै भोली दलबलका साथ मनोनयन गर्न दर्ता गराउने जनाएका छन् ।

    गिरिश २०६० सालतिर तत्कालीन राजा ज्ञानेन्द्र शाह सत्तामा आएपछि वीरगञ्ज नगरपालिकाको नगर प्रमुखमा मनोनीत भएका गोपाल गिरीका छोरा हुन् । त्यसतै जयस्वाल पर्साका पूर्व नेता गोखुल प्रसाद कुर्मीकी बुहारी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs