तालमेलमा काङ्ग्रेसले समस्या ल्यायो, ८० प्रतिशत एमालेले जित्ने भो –केशी

  • कालिका खवर
  • सोमवार, बैशाख १२, २०७९
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए एमालेलाई मद्दत पुग्ने बताए । उनले तालमेल बिग्रिएका कारण धेरै ठाउँमा एमालेले जित्ने संकेत गरेका छन ।

    जनमोर्चाको आधार इलाका प्यूठानमै नेकपा एमालेका नेता सूर्य थापाले जग भत्काइदिएका छन । ४० वर्षदेखि मसालमा सक्रिय राजनीति गरिरहेका अधिकांश नेता कार्यकर्ता थापाकै कारण जनमोर्चा छाडेर एमाले प्रवेश गरिसकेका छन । आफ्नो जनाधार पनि बिग्रेको र गठबन्धनले पनि टुहुरो बनाएपछि केसीमा बिचलन देखिएको छ ।

    सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भनेका छन्, ‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैनन् र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् ।

    यदि, त्यो कारणले पाँच दलीय तालमेलमा केही कमजोरी देखापर्यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन् । जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

    उनले जनमोर्चालाई एउटा पनि महत्वपूर्ण नगरपालिका नदिएको भन्दै गुनासो पनि गरेका छन् । गठबन्धन दलको बैठकमा भने यसअघि कुनै एउटा महत्वपूर्ण नगरपालिका जनमोर्चालाई दिने सहमति भएको उनको दाबी छ । तर, पछिल्लो समय पटक पटक बसेको बैठकमा पनि गठबन्धनका अन्य दलहरूले दिन वास्तै नगरेको अध्यक्ष केसीको दुःखेसो छ । तैपनि गठबन्धन दलहरूबीचको तालमेलमा भने बाधा नपुर्याउने स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs