महिला अधिकारकाे रक्षाका लागि स्वतन्त्र उम्मेदवारी दिए : मिश्रा

  • कालिका खवर
  • सोमवार, बैशाख १२, २०७९
  • वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की लोकप्रिय नेतृ रम्भा मिश्राले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट पार्टीले बीरगन्ज महानगरको उपमेयरमा पुरुषोतम झालाई उम्मेदवार बनाए पछि उपमेयरका अर्का आकांक्षी रम्भा मिश्राले बागी उम्मेदवारी दिएकी छिन् ।

    नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएपछि मिश्रा पार्टीसँग रुष्ट बनेकी हुन् । पार्टीले गठबन्धनको नाममा महिला अधिकार हनन गर्न खाजेको तथा मुख हेरेर लोभमा परी उपमेयरकाे टिकट दिएको आरोप लगाउँदै उनले स्वतन्त्र तर्फबाट उपमेयरमा उम्मेदावरी दिएकी छिन् । उनले गठबन्धनको आडमा पार्टीले महिलालाइ संविधानले नै दिएको अधिकार कुण्ठित गर्न खाजेको आरोप लगाएकी छिन् ।

    पराजय भएर पनि निरन्तर जनताको माझमा रहेकी मिश्राले पार्टीले अवमुल्यन गरेपनि जनताले विश्वास गर्ने दावी गरेकी छिन् ।

    उनले थपिन्, ‘मधेशको पार्टीसँग मेरो माया छ । म अरु पार्टीमा जान पनि सक्दिन । मधेशको लागि लडेको मान्छे म । मधेशको छोरी पनि हुँ । महिलाहरुलाई उम्मेदवार बनाउन कुनै दल गम्भीर नभएको बताउँदै मिश्राले महिलाको अधिकार रक्षाको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs