गायक नरेश खातीको सबै आमाहरुलाई उपहार ‘ए मेरी आमा’

  • कालिका खवर
  • शुक्रबार, बैशाख १६, २०७९
  • काठमाडौं । चर्चित कलाकार नरेश खाती क्षेत्री समसामयिक गीतसंगीतका पर्याय हुन भन्दा सायदै फरक पर्दैन ।
    नेपाली लोक गीत संगीतमा आफ्नो फरक र अग्लो परिचय तथा पहिचान निर्माण गरिसकेका एक स्तम्भ गायक, सर्जक खातीले पछिल्लो समय मातातीर्थ औषीको अवसर पारेर नयाँ गीत ‘ए मेरी आमा’ सार्वजनिक गरेका छन् ।
    टुप्पी भन्दा माथि रौं हुँदैन भने जस्तै आमा भन्दा माथि केही हुँदैन भन्ने भावहरु गीतमा छरपस्ट भएको पाइन्छ । सन्तानप्रति आमाको स्नेह, सन्तानको दायित्वबोध गराउने सन्देशसमेत बोकेको प्रस्तुत गीतमा गायक खातीको एकल सुमधुर आवाज रहेको छ। भिडियोमा सिनेमा क्षेत्रकी रानी गौरी मल्ल, नरेश खाती र इशानी रोकाको दमदार अभिनय रहेको छ। भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ भने यसलाई छायांकन उत्सब दाहालले गरेका हुन ।

    यो समाचार सामग्री तयार गर्ने समयसम्म गीत चर्चाको शिखरमा चढेसंगै यूटुवको टे«डिङमा समेत राम्रो स्थान जमाउन सफल भएको छ ।

    Video Link :

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs