भरतपुरका मेयरका बागी काँग्रेसका जगन्नाथले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

  • कालिका खवर
  • शनिबार, बैशाख १७, २०७९
  • चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । चितवनका असन्तुष्ट काँग्रेसले उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो । शनिवार आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs