बालेन र गनेशलाई लौरो चिन्ह, भरतपुरका बागी पौडेललाई भुइँकटर

  • कालिका खवर
  • शनिबार, बैशाख १७, २०७९
  • काठमाण्डौ महानगरपालिकाकाे स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव चिन्ह लौरो पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार शाहलाई लौरो चुनावचिन्ह प्रदान गर्नुभएको हो । यस्तै काठमाण्डौ महानगरपालिकाको मेयरमा राष्ट्रिय यर्थाथवादी पार्टीबाट उम्मेदवारी दिनुभएका आनन्दराज जोशीले खसीको टाउको चुनाव चिन्ह्र पाउनुभएको हो ।

    यसैबीच पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले पनि चुनाव चिन्ह लौरो नै पाउनुभएको छ । अटेरी अभियान चलाइरहेका पौडेललाई पनि निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनावचिन्ह दिएको हो । त्यस्तै, भरतपुर महागनरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भुँइकटहर चुनाव चिह्न पाउनुभएको छ । उहाँले बागी उम्मेदवारी दिएपछि नेपाली कांग्रेस नेताहरूले फिर्ता लिन दवाव दिएका थिए । उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । अब उहाँ भूँइकटहर चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

    यसैगरी, धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्न पाउनुभएको छ । आज देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs