मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

  • कालिका खवर
  • सोमवार, बैशाख १९, २०७९
  • काठमाडौं । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।

    उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् । उनले फेसबुक वालमा लेखेका थिए– यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल ! मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।

    उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs