
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेबाट वडाअध्यक्षकी उम्मेदवार मिनाक्षी गुप्ताले घरदैलोलाई निरन्तरता दिएकी छिन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बाट नेकपा एमालेकी उम्मेदवार गुप्ताले वडाबासीसँगको भेटघाटलाई तिव्रता दिएकी हुन् । वडाबासीसँग एक मात्र महिला उम्मेदवार आफु नै भएकाले आफुलाई नै मत दिएर जिताउन आग्रह गरेकी छिन् ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य छापमा मतदान गरेर बिजयी बनाउन आग्रह गर्दै गुप्ताले आफु वडाअध्यक्षमा निर्वाचित भए वडाको कायापलट गर्ने दावी गरिन् ।
हिलाले भ्रष्टाचार तथा कमिशन जस्ता कुराहरुको बारेमा सोच्न पनि नसक्ने हुँदा पारदर्शीतामार्फत वडाको परिवर्तन गर्न एक पटक महिलालाई अवसर दिन उनले आग्रह गरेकी छिन् । घ
रदैलोमा नेकपा एमालेका नेता कार्यकर्तासहित वडाबासीको उपस्थिती रहेको थियो ।