बालेन शाहको चरित्र माथी प्रश्न, आमा छन वृद्धाश्रममा

  • कालिका खवर
  • बिहिबार, बैशाख २२, २०७९
  • काठमाडौ । काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह उर्फ बालेन्द्र शाहकी आमा वृद्धाश्रममा रहेको खुलेको छ । आफुलाई भिजन भएका नेतृत्वकर्ता भन्दै आएका शाहले आफ्नै आमा वृद्धाश्रम पठाउनु गलत रहेको स्थानीयहरुले बताएका छन ।

    बालेन्द्र शाहको स्थायी घर एकदारा जनकपुर हो । शाहको बुबाको नाम राम नारायण शाह हो। उनका बुबाले २ श्रीमती विवाह गरेका हुन । उनकी पहिलो आमापट्टीका ३ छोरी र १ छोरा छन । कान्छी आमा पट्टिको दुई छोरा छन । एक बालेन्द्र शाह र अर्का कौशल शाह हुन ।

    पारिवारिक किचलोका कारण बालेन्द्र शाहका दाइ सञ्जय शाहले आत्माहत्या गरेका थिए । केही समय अगाडि काठमाडौ महानगरपालिकाका मेयर पदका उम्मेदवार केसव स्थापितले उनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए । बालेन्द्र शाह नाइट क्लबमा जाने गरेको पनि खुलेको छ ।

    शाहले दिएको उम्मेदवारीप्रती प्रश्न उठन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs