भरतपुरमा गठबन्धनका सबै उम्मेदवारलाई जिताउँछौँ, प्रचण्डजी ! भोलि धोका दिने काम नहोस् : श्रेष्ठ

  • कालिका खवर
  • बिहिबार, बैशाख २२, २०७९
  • चितवन – सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्त चुनावी आमसभा गरिरहेको छ । आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता भरतपुर महानगरपालिकाको हाकिमचोक पुग्नुभएको छ ।

    गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी नेत्री रेनु दाहालको पक्षमा मत माग्न र नेपाली कांग्रेसको समर्थन रहेको देखाउन आमसभा भइरहेको हो । आमसभालाई सम्बोधन गर्दै कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले रेनु दाहाललाई जिताउने विषयमा अहिले चितवन कांग्रेस एकजुट भएर लागेको बताउनुभयो ।

    उहाँले राष्ट्रिय आवश्यकताअनुसार भरतपुर महानगरपालिकामा संयुक्त गठबन्धनका सबै उम्मेदवारलाई जिताउने भन्दै माओवादीले भोलिका दिनमा भने धोका दिन नपाउने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs