
वीरगञ्ज – पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । गाउँपालिका– १ औराहामा राति करिब साढे ९ बजेतिर गोली चलेको जानकारी प्राप्त भएको छ ।
स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।