रम्भा मिश्राको चुनावी प्रचार–प्रसारमा थप तिब्र – घरदैलो संगै रोड शो पनि

  • कालिका खवर
  • शनिबार, बैशाख २४, २०७९
  • वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले जनतासँगको भेटघाटलाई निरन्तरता दिएकी छिन् । वीरगञ्ज महानगरपालिकाका ग्रामिण वडाका जनतासँग मिश्राले भेटघाट गरेर समस्याहरु बुझीरहेकी छिन् ।

    सोही क्रममा शनिवार मिश्रा वीरगञ्जको लालपर्सा, परसोतीपुर, कोनिया, बेलवा, पर्सवा, चोरनी लगायतका वडाका मतदातासँग भेटघाट गरेकी हुन् । ग्रामिण क्षेत्रका बासिन्दाहरुले पनि मिश्रा जस्तो शिक्षित एवम् समाजमा घुलमिल भएकी महिला उपमेयरमा निर्वाचित हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

    महिलाको समस्या बुझ्नका लागि भएपनि महिला निर्वाचित हुनुको विकल्प नभएकाले अरु दलहरुले महिलाको संवैधानिक अधिकार पनि कुण्ठित गरी पुरुषलाई उम्मेदवार बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले मिश्राको समर्थन जनाएका छन् ।

    मिश्राले पनि वडाका महिलादेखि वृद्धवृद्धा एवम् सबै बर्गका समस्याहरु बुझेको बताउँदै आफुलाई गुलाफ चिन्हमा मतदान गर्न आग्रह गरेकी छिन् । पार्टीले पनि घात गरेको हुँदा अब बिकासका लागि र महिला सशक्तीकरणका लागि एवम् संविधानमा महिलाको लागि उल्लेख गरिएका अधिकारको रक्षाका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको हुँदा सबैलाई सहयोग गर्न उनले आग्रह गरेकी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs