प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने पत्रकार पक्राउ

  • कालिका खवर
  • आइतवार, बैशाख २५, २०७९
  • घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

    तुलसीपुर उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सन्जालमा पोस्ट गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs