ललितपुरको र्‍यालिमा केशव स्थापित

  • कालिका खवर
  • सोमवार, बैशाख २६, २०७९
  • ललितपुर । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका मेयरका उमेदवार ललितपुर महानगरको र्‍यालिमा सहभागी भएका छन । बैशाख २६ गते अर्थात आज स्थापित काठमाडौंको र्‍यालीबाट सिधै ललितपुरको र्‍यालिमा सहभागी भएका हुन । ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यन्जनकारको र्‍यालिमा स्थापित मिसिएका हुन । एमालेबाट उमेदवार बनेका मेयर र उपमेयर सहितको र्‍याली रहेको थियो । काठमाडौं र ललितपुर यी दुई महानगरको छुट्टै सम्बन्ध रहेकोले पनि स्थापित भोट माग्न ललितपुर गएका हुन । स्थापित काठमाडौं सहित ललितपुर र काठमाडौं आसपासका नगरपालिकाहरु पनि जिताउन  दिनरात खटेका छन । स्थापित र ब्यन्जनकारले ललितपुर र काठमाडौं दुबै महानगरमा एमालेले जिते एकीकृत रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs