डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोप लगाएका छन् ।
मल्लले नेपाली कांग्रेस बिपीका नामबाट करुवा चुनाव चिह्न लिएर एमालेसँग तालमेल गरेका छन् । सोमबार गृहजिल्ला डडेल्धुराको गन्यापधुरा पगाउँपालिका-२ मा आयोजित चुनावी सभामा देउवाले मल्लको आलोचना गरेका छन् ।