रकमको चलखेल गरेर मतदातालाई प्रभावित पार्ने काम भयो – मेयर उमेदवार पटेल

  • कालिका खवर
  • सोमवार, बैशाख २६, २०७९
  • वीरगञ्ज – पर्साको बहुदरमाइ नगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिव पटेलले नगरपालिकाका निवर्तमान मेयर र वडाअध्यक्षहरुले मतदातालाई प्रभावित पार्न रकमको चलखेल गरीरहेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघको सभाहलमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमालेबाट मेयरका उम्मेदवा रहेका पटेलले स्थानीय प्रशासन र निर्वाचन आयोगले कर्मकाण्डीका लागि मात्रै आचारसंहिता बनाएको बताएका छन् ।

    निर्वाचन आचारसंहिताका खुलेयाम रुपमा उलंघन भइरहेको बताउँदै पटेलले रकमी चलखेलको जनताले प्रतिवाद गर्न खोज्दा विवाद र झडप हुँदा सम्म पनि प्रहरी प्रशासन र निर्वाचन कार्यालय मुकदर्शक बनेको टिप्पणी गरेका छन् ।
    विपक्षी दलका उम्मेदवारहरुले गलत हर्कत र गतिविधि गर्दै आएको हुँदा अब केही दिन मात्रै बाँकी रहँदा निर्वाचन कार्यालय र प्रहरी प्रशासनलाई निगरानी राख्न आग्रह गरेका छन् ।

    पैँसाको बलमा फेरी चुनाव जित्छौ भन्ने दावी गर्नेहरुले नै रकम बाँड्दै मतदातालाई प्रभावित पार्न खोजीरहेको पटेलको भनाई छ ।

    गत शुक्रवार मात्रै बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडीमा निर्वतमान वडाअध्यक्ष सँगै निवर्तमान मेयरसमेत रहेका कांग्रेसबाट मेयरका उम्मेदवार नितेन्द्र साहले एउटा घरमा बसेर रकमको चलखेल गर्न खोज्दा स्थानीयले घेरा हालेर विवाद भएको उनले बताए ।

    आइतबार रातिपनि वडा नम्बर ९ विश्रामपुरमा निवर्तमान मेयरसमेत रहेका कांग्रेसका मेयर उम्मेदवार नितेन्द्र साहले एउटा घरमा बसेर रकमको चलखेल गर्न खोज्दा स्थानीयले घेरा हालेर प्रतिवाद गरेको र त्यसक्रममा एक जनाको हात पनि भाँचिएको पटेलले बताए । बैशाख २७ गते रातिदेखि मौन अवधी सुरु हुने र त्यो अवधीमा पैसाको चलखेल झन धेरै हुने सम्भावना देखिएको भन्दै पटेलले भने,‘प्रहरी प्रशासनलाई म आग्रह गर्छु, अबको ४ दिन जोगाइ दिनुस् नत्र अवस्था झन भयावह पनि हुन सक्छ । उनले निर्वाचन स्वच्छ र निष्पक्ष बनाइ दिन निर्वाचन कार्यालय र प्रहरी प्रशासनसंग आग्रह पनि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs