दुइ पक्क्षीय कार्यकर्ता आमने सामने

  • कालिका खवर
  • शनिबार, बैशाख ३१, २०७९
  • वीरगञ्ज, ३१ बैशाख । वीरगञ्ज महानगरपालिकाको मतगणनास्थल परिसरमा नाराबाजी भइरहेको छ ।

    नेकपा एमालेका नेता कार्यकर्ता एवम् एमालेका उम्मेदवार बिजय कुमार सरावगीका समर्थक एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले नाराबाजी गरीरहेका छन् ।

    जसपाको तर्फबाट प्रतिनीधिको रुपमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य एवम् जसपाका केन्द्रिय सदस्य प्रदीप यादव मतगणनास्थलभित्र प्रवेश गरेपछि एमालेका कार्यकर्ताले नाराबाजी शुरु गरेका हुन् ।

    नाराबाजीका क्रममा उनीहरुले सांसद यादवलाई बाहिर बोलाउनुपर्ने माग गरेका हुन् । एमाले समर्थकले जसपाका राजेशमान सिंहको विरुद्धमा र जसपाका समर्थकले बिजय कुमार सरावगीको विरुद्धमा नाराबाजी गरीरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs