पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो

  • कालिका खवर
  • शनिबार, बैशाख ३१, २०७९
  • काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्राेलियम पदार्थकाे भाउ बढाएकाे हाे ।

    आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ  बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेकाे छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।

    अहिलेलाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs