नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ५, २०७९
  • भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा पन्जाब कांग्रेसका पूर्व प्रमुख नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय हुने फैसला गरेको छ ।

    सडक यात्राका क्रममा व्यक्ति हत्याको मुद्दामा सर्वोच्चले नवजोत सिंहलाई एक वर्षको जेल सजाय तोकेको बीबीसी हिन्दीले जनाएको छ । सन् १९८८ मा सिद्धुले एक व्यक्तिलाई कुटपिट गरेर हत्या गरेको भन्दै मुद्दा परेको थियो ।

    त्यसकाे एक वर्षपछि पन्जाब–हरियाणा उच्च अदालतले सिद्धूलाई तीन वर्षको कैद सजाय सुनाएको थियो । तर उच्च अदालतको फैसलाविरुद्ध सिद्धूले सन् २०१८ मा सर्वोच्च अदालतमा निवेदन दिएपछि सर्वोच्च अदालतले सिद्धुलाई एक हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । तर पीडितका परिवारले पुनः सर्वोच्चमा फैसला पुनरावलोकनको निवेदन दिएको थियो ।

    आज सर्वोच्चले नवजोत सिंहलाई दोषी ठहर गरेर एक वर्षको जेल सजाय तोकेको हो । सर्वाेच्च अदालतकाे तर्फबाट सजाय सुनाइएकाे विषयमा सिद्धूले आफूले कानुनकाे पालना गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs