वीरगञ्ज महानगरका मेयर र उपमेयरले जनताको विचमा लिए गोपनियतको सपथ

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १२, २०७९
  • वीरगञ्ज – मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले पद तथा गोपनियतको सपथ लिएका छन् ।
    वीरगञ्जको पुरानो बसपार्क परिसरमा बिहीबार साँझ आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित मेयर सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ लिएका हुन् ।त्यस लगतै नवनिर्वाचित उपमेयर इम्तियाज आलमले नवनिर्वाचित मेयर सिंहबाट पद तथा गोपनीयताको सपथ लिए ।

    त्यसपछि नवनिर्वाचित मेयर सिंहले ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यले सपथ खुवाए ।वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत ,प्रदेशका मन्त्री ओम प्रकाश शर्मा , प्रतिनिधीस्भा सदस्यहरु, प्रदेशसभा सदस्यहरु , राजनीतिक दलका जिल्ला अध्यक्षहरु , जिल्लाका सुरक्षा निकायका प्रमुखहरु ,सरकारी कार्यालयका प्रमुखका साथै वीरगञ्जवासीको उल्लेख्य संख्यामा सहभागीता थियो ।

    वीरगञ्ज महानगरमा मेयर गठबन्धनबाट जसपाका सिंह , उपमेयर काँग्रेसका आलम निर्वाचित भएका हुन् । यस्तै महानगरका ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रेसले ९, नेकपा एमालेले ८ र लोसपाले २ वटा वडामा वडाअध्यक्ष जितेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs