अमेरिकाले गलत सूचना फैलायो : चीन

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १३, २०७९
  • चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले चीनबारे भ्रामक टिप्पणी दिएको भन्दै अमेरिकी अधिकारीको अभिव्यक्तिमा आपत्ति जनाएको छ । अमेरिकी विदेशसचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सन्तुलित गर्नुपर्ने प्रतिक्रिया दिएपछि चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया सार्वजनिक भएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गरेको पत्रकार सम्मेलनमा ब्लिङकेनको भाषणले चीनबारे ‘गलत सूचना फैलाएको, चीनबाट सुरक्षा खतरा हुने भन्ने विषयलाई बढाइचढाइ गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको स्वदेश तथा तथा विदेश नीतिलाई निन्दा गरेको’ बताएका छन् । वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएक हुन् ।

    चीनले आफ्नो बढ्दो प्रभाव र विश्वव्यापी महत्वाकांक्षाबारे पछिल्ला दिनहरूमा संयुक्त राज्य अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूबाट चेतावनीको स्वरको सामना गर्नुपरेको छ ।

    बिहीबारको मन्तब्यमा ब्लिन्केनले चीनको ‘अन्तर्राष्ट्रिय अवस्थालाई पुनः आकार दिने अभिप्राय’ बारे चेतावनी दिएका थिए । साथै विश्वव्यापी व्यवस्थामा सुरक्षाको लागि आह्वान समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs