केपी ओलीलाई गगन थापाको जवाफ- रन्थनिएको बेला जसरी बोले पनि हुन्छ

  • कालिका खवर
  • शनिबार, जेष्ठ १४, २०७९
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

    शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको भन्दै यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए । ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनें, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति/असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs