गोधूलिको नयाँ अध्यक्षमा लिगल र सचिवमा महेश निर्वाचित

  • कालिका खवर
  • आइतवार, जेष्ठ १५, २०७९
  • काठमाडौं । गोधूलि साहित्य प्रतिष्ठानको चौथो वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंको कमलादीमा गोधूलि साहित्य प्रतिष्ठानको चौथो वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न हो । प्रतिष्ठानको साधारणसभाले साहित्यकार गंगा लिगलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्ष ललिता दोषी, कोषाध्यक्ष एलेन घिमिरे, सचिवमा महेश कठायत, सहसचिव मनमोहन भट्ट, सदस्यमा फुर्वा दोर्जे मोक्तान र रश्मी रिमाल रहुनुभएको छ । प्रतिष्ठानको नयाँ कार्यसमिति सर्वसम्मतीबाट चयन भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उपे्रतीले साहित्यको प्रर्वद्धन र समाजसेवामा क्रियाशील व्यक्तित्वलाई गोधूलि साहित्य प्रतिष्ठानले अभिप्रेरित गर्दै आएको भन्दै बौद्धिक चेतना जागृत गर्न गोधूलि साहित्य प्रतिष्ठानको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा जापानका लागि नेपाली राजदूत कवि डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले आफू जुनसुकै देशमा गए पनि नेपाली भाषा, कला, साहित्य र संस्कृतिको विकासका लागि काम गरिरहने बताउनुभयो । त्यस्तै, साहित्यकार लक्ष्मी उप्रेतीले कृति प्रकाशन, साहित्य छलफल अनुजलाई प्रोत्साहन र अग्रजलाई सम्मान गोधूति साहित्य प्रतिष्ठानको कर्म नै बनेको भन्दै खुसी व्यक्त गर्नुभयो । प्रतिष्ठानले वार्षिक उत्सवको अवसरमा समाजसेवा, कला र सिर्जनाका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई अभिनन्दन तथा पुरस्कृत समेत गरेको छ । प्रतिष्ठानले ‘गोधूलि दीर्घ साहित्य–सिर्जना अभिनन्दन २०७८’ वरिष्ठ कवि डा. दुबसु क्षेत्री, ‘गोधूलि भद्रकुमारी घले आदर्श आमा पुरस्कार २०७८’ समाजसेवी पशुपति गुरुङ र ‘गोधूलि–भानुभक्त पोखरेल बाल साहित्य सम्मान २०७८’ बाल साहित्यकार निर्मला बराललाई प्रदान गरेको छ । ‘गोधूलि वर्ष कृति पुरस्कार २०७८’ वसन्त ओली वसन्तीको गजल संग्रह ‘बोइ’लाई प्रदान गरिएको छ । प्रतिष्ठानले ‘गोधूलि कला सम्मान २०७८’ कलाकार घनश्याम गौतम, गोधूलि सेवा सम्मान २०७८’ पवनलाल श्रेष्ठ, ‘गोधूलि समाजसेवा सम्मान २०७८’ उर्मिला बि.क. र बिना बस्नेत प्रदान गरेको छ भने गोधूलि युवा सिर्जनशील सम्मान २०७८ भूपेन वि.क. र रोशन बिशंखेलाई प्रदान गरेको हो । त्यस्तै, ‘गोधूलि–कुमारमान मास्के स्मृति सम्मान ‘२०७८’गणेश लकान्द्री र भाइराम खड्गी प्रदान गरेको छ भने ‘गोधूलि–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार २०७८’ बाल कलाकार प्रसन्न श्रेष्ठलाई प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs