पराजित भएपनि वडा र वडाबासीको बिकासका लागि कटिबद्ध हुने शेख रुस्तमको प्रतिबद्धता

  • कालिका खवर
  • आइतवार, जेष्ठ १५, २०७९
  • वीरगञ्ज, १५ जेठ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा पराजित भएका रुस्तम शेखले मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

    बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफुलाई विश्वास गरेर मतदान गरेका मतदाताप्रति आभार व्यक्त गर्दै उनले जित र हार स्वभाविक प्रक्रिया भएपनि वडा र वडाबासीको बिकासका लागि सँधै कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

    पराजित भएपनि आफुले प्राप्त गरेको मतको उच्च सम्मान गर्दै आगामी दिनमा पनि यस्तै साथ र समर्थन पाउने विश्वास व्यक्त गरेका छन् ।

    ५ सय ७६ मत पाएर तेस्रो स्थानमा रहेका रुस्तमले आफुले प्राप्त गरेको मतले जनताप्रति झनै जिम्मेवार भएर लाग्ने दायित्वबोध गरेको प्रतिक्रिया दिएा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs