‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, फिल्म बहिष्कार गर्ने चेतावनी

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १७, २०७९
  • कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन गरिएको छ । उनले निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको छ । चाबाहिल चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाए ।

    प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए ।

    दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवाहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए। उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । https://www.facebook.com/kalika1khabar/videos/562033438926401/?app=fbl

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs