‘महिला सेल’ गठन गर्ने काठमाडौंकी उपमेयर डंगोलको पहिलो निर्णय

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १७, २०७९
  • काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छिन् । हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा उनले हस्ताक्षर गरेकी हुन्।

    पदभार ग्रहण गरेलगत्तै उनले चुनावी प्रतिवद्धता अनुसार उक्त निर्णयमा हस्ताक्षर गरेर काम थालेकी हुन् । सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्नेछ । न्यायिक समितिको प्रमुख पनि उपमेयर डंगोल नै हुन् । उनको चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs