एमाले प्रवेश गर्ने वालेनको सङ्केत

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १७, २०७९
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको थाहा भएको छ । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका  भएपनी बालेनका गोप्य स्रोतको अनुसार बालेन एमाले प्रवेश गर्ने रणनितीमा छन ।

    बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरे । बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो । उनले भेटको विवरण चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।

    बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs