आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

  • कालिका खवर
  • बुधबार, जेष्ठ १८, २०७९
  • काठमाण्डाै – दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ ।

    राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २०११ देखि मात्रै मनाउन थालिएको हो ।

    संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन एफएओको मापदण्ड अनुसार स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तीमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७८ लिटर मात्रै छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूध  उत्पादन  हुन्छ  ।

    प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव छ । नेपाललाई २०८० सालसम्ममा दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाललाई दुई वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर अर्को वर्ष आत्मनिर्भर हुन चुनौती छ ।

    राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र यादवका अनुसार उत्पादन बढाउन सके केही वर्षभित्रैमा दूधमा आत्मनिर्भर हुन सकिन्छ । अबको एक वर्षमा प्रतिव्यक्ति १३ लिटर दूध पुर्याउन सम्भव नरहेको तर दूध उत्पादन बढाउने तथा वितरणलाई व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड छ ।

    चालु आर्थिक वर्षको आठ महिनामा १ अर्ब ३३ करोड ९ लाख  ८६  हजार  रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात भएको सरकारको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs