काठमाडाैँ । सरकारले डिजेल, पेट्रोल र मटितेलको मूल्य १० रूपैयाँ प्रतिलिटर घटाएको छ । भारतबाट मूल्य घटेर अाएपछि सरकारले मूल्य घटाएको हो । नेपाल आयल निगमको बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।