यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

  • कालिका खवर
  • सोमवार, जेष्ठ २३, २०७९
  • प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

    वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ ।

    कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना सार्वजनिक गरिने महाशाखाले जनाएको छ । बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन र खोला, नदी आसपासमा बसोबास गर्नेलाई सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs