बन्चरे डाँडामा फोहर विसर्जनमा फेरि अवरोध

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २४, २०७९
  • काठमाण्डौबाट फाेहर बोकेर पुगेका गाडीलाई बन्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् ।

    काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फाेहर व्यवस्थापन गर्ने सहमति भएको थियो।

    त्यही सहमति अनुसार बिहान फाेहर लिएर गाडी गएका थिए । तर, स्थानीय बासिन्दाले आफूहरुसित सहमति नभएको भन्दै फाेहर विसर्जनमा अवरोध गरेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

    हिजो सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । सहरी विकास मन्त्रालयमा हिजो काठमाण्डाै महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको थियो ।

    सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन, अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभावित क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs