नेपालमा ‘पाँच तारे डिलक्स’ होटल एउटा

  • कालिका खवर
  • बुधबार, जेष्ठ २५, २०७९
  • नेपालमा पाँच तारे र सो स्तरभन्दा माथिको होटल संख्या १८ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १७ पुगेको छ ।

    पर्यटन विभागका अनुसार झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ । कुल १०१ कोठा रहेको यो होटलमा १८५ वटा शय्या छन् । होटलले ११० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs