नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौँले दियो प्रशिक्षण

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २६, २०७९
  • काठमाडौँ । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा दुई दिनको प्रशिक्षण दिएको छ ।

    पार्टीको निर्वाचन सम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालन सम्बन्धी कानुनी व्यवस्था, सङ्घ, प्रदेश र स्थानीयको अधिकार क्षेत्र बारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टी बीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्ने वारेमा नेकपा एमालेले प्रशिक्षण दिएको हो ।

    बुढानीलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालन सम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो ।

    बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ नगरपालिका, २१ र २२ गते गोकर्णेश्वर र कागेश्वरी नगरपालिका, २२ र २३ गते टोखा नगरपालिका २३ र २४ गते नागार्जुन र चन्द्रागिरी नगरपालिका २४ र २५ गते शंखरापुर र तारकेश्वर नगरपालिका २५ र २६ गते काठमाडौं नगरपालिकाका जनप्रतिनिधिलाई तालिम दिइएको अध्यक्ष निरौंलाले बताउनुभयो । तालिममा काठमाडौं जिल्ला अन्र्तगत रहेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, नगर कमिटी र जिल्ला कमिटिका तोकिएका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा कृष्ण राई, विन्दा पाण्डे, मिलन धरेल, रामशरण प्याकुरेल, कमान सिंह, रामप्रसाद भटटराई, ज्ञानमाया डंगोल , सरिता न्यौपाने लक्ष्मी सापकोटा लगायतले प्रशिक्षण दिनुभएको थियो । पार्टी स्कुल विभाग अन्र्तगत उषाकिरण भण्डारीको संयोजकत्वमा तालिम सम्पन्न भएको निरौलाले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs