तनहुँकाे आँबुखैरेनीमा भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २७, २०७९
  • पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ ।

    मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

    कार भने नदीमा पुगेको छ । ‘कार पहिराेले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ’, उहाँले भन्नुभयो, ‘कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।’

    उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs