रुससँग इन्धन किन्न श्रीलङ्का तयार

  • कालिका खवर
  • आइतवार, जेष्ठ २९, २०७९
  • चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ ।

    एसाेसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताउनुभएकाे छ ।

    युक्रेन आक्रमणको विरोधमा पश्चिमा देशले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रुसी तेल किन्न आफू खुला रहेको बताउनुभएकाे हाे ।

    बाह्य ऋण बढिरहेको भए पनि उहाँले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताउनुभएकाे छ । आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आउँदाे दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।

    विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलङ्कालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटाबाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गर्नुभएका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs