बाग्मतीकाे ११९ पालिकाका प्रमुख/उपप्रमुख हेटौँडामा : विकास भनेको सडक मात्र होइन– मुख्यमन्त्री पाण्डे

  • कालिका खवर
  • सोमवार, जेष्ठ ३०, २०७९
  • बाग्मती प्रदेशका एक सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख हेटौँडामा भेला भएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्मन्धी अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि भएका हुन् ।

    आज र भोलि चल्ने कार्यक्रमको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले विकास भनेको भौतिक पूर्वाधार निर्माण गर्नु, सडक निर्माण गर्नु मात्र नभएको बताउनुभयो । संविधानको मर्मअनुसार काम गर्न उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । ‘डोजरे विकासबाट बाहिर आएर एकल महिला, लोपोन्मुख, सीमान्तकृत जातिका लागि के गर्नुभयो, के गर्दै हुनुहुन्छ ध्यान दिनुस्, अब आउने बजेटमै यो कुरा ध्यान दिनुस् । बाग्मती प्रदेश पालिका सरकार सँगसँगै हिँड्न चाहन्छ’, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs