साउदीमा दिउँसोको समयमा श्रमिकलाई बाहिर घाममा काम लगाउन नपाइने

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • अत्याधिक गर्मी बढेपछि साउदीले दिउँसोको समयमा खुला क्षेत्रमा काम लगाउन प्रतिबन्ध लगाएको छ ।

    साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भोलि अर्थात् १५ जुन देखि आउँदो सेप्टेम्बर १५ सम्म दिउँसोको १२ बजेदेखि ३ बजेसम्म कुनै पनि रोजगारदाताले श्रमिकलाई बाहिर घाममा गर्नु पर्ने काम लगाउन नपाउने जनाएको छ ।

    प्रतिबन्ध लगाएको समयमा घाममा बाहिर काम लगाएमा रोजगारदातालाई कारबाही हुने छ । मन्त्रालयको यो निर्देशन विपरीत कुनै पनि रोजगारदाताले आफूलाई बाहिर घाममा काम गर्न बाध्य पारिएमा मन्त्रालयमा १९९११ नम्बरमा सम्पर्क गरेर गुनासो टिपाउन सक्ने व्यवस्था समेत गरिएको छ ।

    यस्तै, पछिल्लो समय कुनै पनि गल्ती नगर्दा पनि कम्पनीका सुपरभाइजर तथा क्याम्प बोस र अन्य व्यक्तिले कुटपिट गर्ने गरेको गुनासो बढेको भन्दै साउदीमा रहेको नेपाली दूतावासले कसैले कुटपिट वा अन्य प्रकारका शारीरिक हिंसा गरेमा तुरुन्तै साउदी प्रहरीलाई ९११ नम्बर फोन गर्न समेत आग्रह गरेको छ ।

    कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कुनै पनि प्रकारको समस्या र गुनासो छ भने साउदीको श्रम मन्त्रालयको टोली फ्री नम्बर १९९११ नम्बरमा फोन गरेर आफ्नो समस्या तथा गुनासो राख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs