‘भ्यु टावर बन्ने त्रिचन्द्र कलेज चाहिँ नबन्ने ?’

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • त्रिभुवन चन्द्र बहुमुखी क्याम्पस (त्रि–चन्द्र) को पुनर्निर्माण गर्न गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । आज मङ्गलवार कलेज अगाडि विद्यार्थीहरूले क्याम्पसको पुनर्निर्माण गर्न माग गर्दै सडकमै पढेर विरोध जनाएका हुन् ।

    क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरू भवन कुन बेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरूले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीहरूको सङ्ख्या बढिरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको उनीहरूकाे गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs