अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच विवाद देखिएको छ । हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच विवाद सुरु भएको हो ।
बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि हेटौंडामा दुईदिने अभिमुखीकरण कार्यक्रम राखेको थियो।
सोही कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनिता डंगोल पनि आइतबार साँझ हेटौंडा आइपुगेका थिए। सोमबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रम मंगलबार सकिने भए पनि मेयर बालेन र उपमेयर डंगोल भने सोमबार कार्यक्रमको उद्घाटनलगत्तै काठमाडौं फर्किए।