प्रदेश १ बजेट : प्रदेशमा कार्यरत कर्मचारीलाई प्रोत्साहनका लागि १ महिना बराबरको तलब (पूर्ण पाठ)

  • कालिका खवर
  • बुधबार, असार १, २०७९
  • माेरङ – प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको हो ।

    प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड १४ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट नाै अर्ब ८२ लाख र ससर्त अनुदानबाट आठ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

    प्रदेश १ सरकारले कृषि क्षेत्रमा दुई अर्ब ५९ करोड २३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ भने पर्यटन प्रवर्द्धनका लागि एक अर्ब १३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै प्रदेशमा कार्यरत कर्मचारीलाई प्रोत्साहनका लागि एक महिना बराबरको तलब दिने बजेटमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs