प्रदेश सरकारले काठमाडौंलाई अन्याय गर्योः सांसद डा. शाक्य

  • कालिका खवर
  • बुधबार, असार १, २०७९
  • बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट प्रतिपक्षलाई अबहेलना गर्ने उद्देश्यले ल्याएको भन्दै नेकपा एमालेका सांसदहरुले आलोचना गरेका छन् ।

    पुर्व मन्त्री समेत रहेका बागमती प्रदेशका सांसद डाक्टर अजयक्रान्ति शाक्यले बजेटमा एमालेको भावनालाई समेट्न नसकेको भन्दै आलोचना गरे । ‘बजेट प्रतिपक्षलाई अबहेलना गर्ने उद्देश्यले ल्याइएको छ’, उनले भने, ‘बजेटमा हाम्रो पार्टीको भावनालाई समेटिएको देखिदैन । कतिपय भने पुरानै कुराको कपी-पेष्ट गरिएको छ ।’

    उनले बजेटको आकार बढेपनि स्रोत भरपर्दो नभएकाले बजेट सस्तो लोकप्रियताका लागि मात्रै ल्याइएको उनले आरोप लगाए । ‘बजेट काठमाडौंका जनताका लागि हात लाग्यो शुन्य जस्तै देखियो’, उनले भने, ‘कतिपय बटेज सुन्दा ठिकै लाग्ने तर कार्यान्वयन नहुने खालको देखिएको छ । काठमाडौंले सबैभन्दा बढी राजस्व बुझाउने तर बजेटमा कन्जुस्याइँ गर्ला काठमाडौंका जनतालाई अन्याय भएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs