जग्गा धितोमा ऋण नपाउँदा विदेश जाने विद्यार्थीलाई ठूलो मर्का

  • कालिका खवर
  • बिहिबार, असार २, २०७९
  • गोरखाको गोरखा नगरपालिकाका सागर दशनामी अष्ट्रेलिया जाने तयारीमा छन् । तर, जमिन धितोमा राखेर बैंकबाट ऋण लिन सबै प्रक्रिया पूरा गरेपछि बैंकले भन्यो, ‘सरकारले जग्गा रोक्का राख्न छाडेकाले ऋण दिन नमिल्ने भयो । सेयर र सुन छ भने राखेर लैजानुस् ।’

    कन्सल्टेन्सीले छिटो बैंक ब्यालेन्स व्यवस्थापन गर्न र पैसा जुटाउन भनिरहेकाले उनी अब कहाँबाट पैसा ल्याउने भन्ने तनावमा फसेका छन् । तर, उनीसँग जग्गा धितोमा राख्नुको विकल्प नै छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs