
वीरगञ्ज – नेपाली युवा उद्यमी मञ्च वीरगञ्जको नयाँ कार्यसंमिति गठन भएको छ । वीरगञ्जमा बुधबार सम्पन्न मञ्चको दाेश्राे बार्षिक साधारणसभाले राकेस साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
साहको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्दिप अग्रवाल, द्वितीय उपाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन् ।
त्यस्तै सदस्यमा विकास ठाकुर, अक्षत साह, मनिषा सुनुवार श्रेष्ठ, विश्वास प्रताप साह, काजल सिंह, सुरज रुङ्गटा र दिपाल खन्ना चयन भएका छन्। यस्तै मोहित गुप्ता र किसन क्याललाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।
मञ्चका निवर्तमान अध्यक्ष अनुप अग्रवालको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष गणेश लाठको प्रमुख आतिथ्यमामा सम्पन्न साधारण सभामा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, संघका पूर्व अध्यक्षहरु अशोक वैध, प्रदीप केडिया, गोपाल केडिया, अशोक टेमानी मञ्चको वीरगञ्ज संकायका संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, वीरगञ्ज महापालिकाका निवर्तमान मेयर विजयकुमार सरावगी, आर्थिक पत्रकार संघका अध्यक्ष ओमप्रकाश खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख सुशील साह, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।